logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • महिला टि-२० विश्वकप : फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्डको भिडन्त

    महिला टि-२० विश्वकप : फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्डको भिडन्त

    427
    Shares
    महिला टि-२० विश्वकप : फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्डको भिडन्त

    काठमाडौं । महिला टि–२० विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    दोस्रो सेमिफाइनलमा शुक्रबार राति वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो । यस अघि पहिलो सेमिफाइलनमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ ।

    दोस्रो सेमिफाइनलमा टस जितेर सुरुमा ब्याटिङ रोजेको न्यूजिल्यान्डले दिएको १२९ रनको लक्ष्य भेट्न नसक्दा वेस्ट इन्डिज फाइनल प्रवेशमा चुकेको हो । निर्धारित २० ओभर खेलेको वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा मात्र १२० रन बनाउन सक्यो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ९ विकेटको क्षतीमा १२८ रन जोडेको हो ।

    भारत, पाकिस्तान र श्रीलंका सेमिफाइनल समीकरण अगाडि नै बाहिरिएको यो प्रतियोगितामा फाइनल भिडन्तमा न्यूजिल्यान्ड पुगेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend