logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • लामिछानेलाई पक्राउ गरिएको भन्दै पोखरामा रास्वपाका नेता कार्यकर्ताको नाराबाजी

    लामिछानेलाई पक्राउ गरिएको भन्दै पोखरामा रास्वपाका नेता कार्यकर्ताको नाराबाजी

    462
    Shares
    लामिछानेलाई पक्राउ गरिएको भन्दै पोखरामा रास्वपाका नेता कार्यकर्ताको नाराबाजी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता–कार्यकर्ताहरुले बिरोध जनाएका छन् ।

    शनिवार बिहानैदेखि पोखरामा भेला भइ रास्वपाका नेता–कार्यकर्ताहरुले बिरोध जनाएका हुन् । उनीहरुले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए ।

    उनीहरले सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरुलाई कारबाही गर, दालल माफियाहरु होशियार लगायतका प्लेकार्ड र नारा लगाइ बिरोध जनाएका हुन् । रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रिय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो ।

    सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रवन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend