काठमाडौं । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउ परेकोबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।
रास्वपा सभापतिसमेत रहेका लामिछाने कास्की जिल्ला अदालतको अनुमतिमा शुक्रबार पक्राउ परेका थिए ।
कास्की प्रहरीले शुक्रबार नै रवि लामिछाने पक्राउ परेको जानकारी सभामुख घिमिरेलाई दिएको उनको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यलाई पक्राउ गरेपछि सभामुखलाई त्यसबारे जानकारी गराउनुपर्ने प्राबधान छ।