logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • ‘संगठित अपराध गर्नेहरु वर्तमान मन्त्रीपरिषदमा छन्, ध्यान मोड्न रविलाई पक्राउ’

    ‘संगठित अपराध गर्नेहरु वर्तमान मन्त्रीपरिषदमा छन्, ध्यान मोड्न रविलाई पक्राउ’

    735
    Shares
    ‘संगठित अपराध गर्नेहरु वर्तमान मन्त्रीपरिषदमा छन्, ध्यान मोड्न रविलाई पक्राउ’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संगठित अपराधमा सहभागीहरु अहिलेको मन्त्रीपरिषद्मा रहेको आरोप लगाएका छन् । शनिबार पोखरामा आयोजित बिरोध कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

    उनले नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपारधीहरु अहिलेको मन्त्रीपरिषद्मा रहेको भन्दै उनीहरुबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताए । उनले अहिले कुशासनको अभ्यास भइरहेको बताए । उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै कसैलाई आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको आरोप लगाए ।

    महामन्त्री थापाले सहकारी छानविन विशेष समिति बन्नुपूर्व लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको बताएका थिए । संसदीय छानबिन विशेष समितिले पनि गोर्खा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीमार्फत रकम ल्याइ हिनामिना गरेको निस्कर्ष निकालेको थियो ।

    उनले सहकारीको ८७ अर्ब भ्याउन, सहकारी डिभोर्स लुकाउन, गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनलाई रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए ।

    उनले भने, ‘कसैलाई आफ्नो राजनीति जोगाउन उसलाई सिध्याएरै छोड्नु थियो । कसैलाई सहकारीको ८७ अर्ब भ्याउनु थियो । कसैलाई सहकारी डिभोर्स लुकाउनु थियो । कसैलाई गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनु थियो । कसैलाई ललितानिवासलाई दक्षिणमा बदलेर गोजी भर्नु थियो । कसैलाई लुटको रंगशालामा बाँचुन्जेल फुटबल हान्नु थियो ।

    कसैलाई आफूसँगैको साथी माथि पुगेकोमा खुट्टा तान्नु थियो । मिनबहादुर गुरुङबिरुद्धको मुद्दा केपी ओलीले अघि बढाउलान्, उनको सेटिङको लागि हो । कुशासनको अभ्यास अहिले भइरहेको छ । संगठित अपराधीहरु अहिलेको मन्त्रीपरिषद्मा छन् । नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपारधीहरु अहिलेको मन्त्रीपरिषद्मा छन् । उनीहरुबाट ध्यान मोड्नका लागि यि कुराहरु भएका छन् ।’

    बिरोध कार्यक्रममा बोल्दै रास्वपा सांसद डा. तोषिमा कार्कीले सहकारी छानविन प्रकरणमा रवि लामिछानेमाथि कुनै प्रमाण फेला नपरे पनि पक्राउ गरिएको भन्दै आपत्ति जनाइन् । उनले छानविनका लागि आफूहरु तयार भएको बताइन् ।

    उनले सम्पूर्ण सहकारी पीडितहरुको रकम फिर्ता गर्ने हिम्मत छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।

    रास्वपा सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई शुक्रवार पार्टी केन्द्रिय कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो । सभापति पक्राउ पछि रास्वपाका नेता–कार्यकर्ताहरुले पक्राउ गरेकोमा आपत्ति जनाउँदै बिरोध प्रदर्शन गरिरहेका छन् ।

    सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रवन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend