logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालले अमेरिकालाई दियो १ सय ७१ रनको लक्ष्य

    नेपालले अमेरिकालाई दियो १ सय ७१ रनको लक्ष्य

    504
    Shares
    नेपालले अमेरिकालाई दियो १ सय ७१ रनको लक्ष्य

    काठमाडौैँ । नेपालले अमेरिकालाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।

    निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नेपालले १ सय ७० रन बनाउन सफल भएको हो ।

    नेपालका लागि कुशल भुर्तेलले आक्राम ब्याटिङ गरे । कुशलले ५४ बलमा ९२ रन बनाए । उनले ७ चौक र ६ छक्का प्रहार गरे ।

    अनिल शाहले २५ रन जोडे । त्यसैगरी आसिफ शेखले ४ बलमा एक रन बनाए । गुल्सन झाले १९ रन र कप्तान रोहितले १८ रन जोडे ।

    दीपेन्द्रसिंह ऐरीको २ रनको योगदान रह्यो भने करण केसीले ६ रन बनाए । त्यसैगरी आरिफ शेखले एक रन जोडे ।

    नेपालले अमेरिकाविरुद्धको टी २० आई सिरिजअन्तर्गतको दोस्रो खेल अहिले अमेरिकामा खोलिरहेको छ ।

    नेपालले टस जितेर पहिला ब्याटिङ गरेको हो । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यमा छ ।

    तीन खेलको टी २० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो।अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल जारी छ ।

    यसअघि अमेरिकाले भिसा नदिएर रोकिएका सन्दीप लामिछानेसमेत शुक्रबार भिसा पाएपछि अमेरिका उडिसकेका छन्। यद्यपि आजको खेलमा सन्दीप सहभागी छैनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend