logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो, एक खेल अगावै उपाधि जित्न सफल

    नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो, एक खेल अगावै उपाधि जित्न सफल

    1.1K
    Shares
    नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो, एक खेल अगावै उपाधि जित्न सफल

    काठमाडौं । नेपालले अमेरिकाविरुद्ध जित हासिल गरेको छ । आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई हराएको हो ।

    नेपाल एक खेलअगावै अमेरिकाविरुद्धको टी २० सिरिजको उपाधि जित्न सफल भएको छ ।

    दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी २० सिरिजको उपाधि जितेको हो ।

    सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै लक्ष्य पूरा गर्दै अमेरिकालाई हराएको हो ।

    नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याउँदै जावाफी ब्याटिङमा उत्रिएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो ।

    नेपालले अमेरिकाविरुद्धको टी २० आई सिरिजअन्तर्गतको दोस्रो खेल आज बिहान खेलेको हो । नेपालले टस जितेर पहिला ब्याटिङमा उत्रिएको थियो भने निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो ।

    तीन खेलको टी २० आई सिरिजमा नेपालले लगातार पहिलो खेल र दोस्रो खेल जितेको छ । पहिलो खेलमा शुक्रबार नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो।

    यसअघि अमेरिकाले भिसा नदिएर रोकिएका सन्दीप लामिछानेसमेत शुक्रबार भिसा पाएपछि अमेरिका उडिसकेका छन्। यद्यपि आजको खेलमा सन्दीप सहभागी छैनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend