logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • जग्गादानबारे पार्टीको निर्णयविपरीत अभिव्यक्ति दिने नेताहरुलाई एमालेले सोध्यो स्पष्टीकरण

    जग्गादानबारे पार्टीको निर्णयविपरीत अभिव्यक्ति दिने नेताहरुलाई एमालेले सोध्यो स्पष्टीकरण

    1.8K
    Shares
    जग्गादानबारे पार्टीको निर्णयविपरीत अभिव्यक्ति दिने नेताहरुलाई एमालेले सोध्यो स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा भीम रावलसहितका नेताहरुलाई स्पष्टीकरण सोधेको छ । आईतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयबिरुद्ध गइ अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष रावललाई स्पष्टीकरण सोधिएको बताए ।

    पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको बिरुद्धमा जाने, पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए ।

    उनले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रिय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिएकोप्रति पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए ।

    उनले. भने, ‘पछिल्ला घटनाक्रमका बारेमा छलफल गरेका छौँ । पार्टीको केन्द्रिय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको बिरुद्धमा जाने, पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ । लामो समय पार्टी नीतिसँग असहमत राखेर आफ्ना विचार प्रकट गरिरहनुभएका पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पनि पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

    पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रिय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभएकोमा के कति कारणले उहाँहरुले त्यसप्रकारका गतिविधि गरिरहनुभएको छ भन्ने विषयमा स्पष्टीकरण भएको छ ।’

    सहकारी ठगी प्रकरणमा संसदीय छानविन विशेष समितिले सिफारिस गरेअनुसार कारबाही प्रक्रिया अघि बढेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend