काठमाडौ । टी–२० महिला विश्वकपको उपाधि न्युजिल्यान्डले उचालेको छ। पहिलो पटक न्युजिल्यान्डले विश्वकपको उपाधि उचालेको हो ।
आइतबार राति यूएईमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले उपाधि जितेको हो ।
यूएईमा भएको फाइनल प्रतिस्पर्धामा दक्षिण अफ्रिकाले टस जितेर सुरुमा न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो।
सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा दिएको १५८ रन बनाएको थियो। १५९ रनको लक्ष्य भेट्न नसक्दा दक्षिण अफ्रिका उपविजेता बन्यो ।