logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

    अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

    378
    Shares
    अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

    काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजको अन्तिम खेलमा अमेरिकाले नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।

    पहिला टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५६ रन बनायो ।

    नेपालले १ सय ५७ रनको लक्ष्य पाएको हो । यसभन्दा अघि भएका दुई खेलमा नेपालले जित हात पारिसकेको छ ।

    पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको थियो।

    तेस्रो खेल जित्दै नेपाल सिरिज क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा छ।

    अमेरिका विरुद्ध नेपालका लागि सोमपाल कामीले तीन विकेट लिएका छन् ।

    चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिएर तीन विकेट हात पारे ।

    नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले एकएक विकेट लिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend