logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • एक तोला सुन किन्न अब १ लाख ६५ हजार ६ सय चाहिने

    एक तोला सुन किन्न अब १ लाख ६५ हजार ६ सय चाहिने

    280
    Shares
    एक तोला सुन किन्न अब १ लाख ६५ हजार ६ सय चाहिने

    काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

    सुनको मूल्यले दिनदिनै रेकर्ड बनाइरहेको छ। पाँच दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुन तोलामा ६ सय रुपैयाँ बढ्दै प्रति तोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    आइतबार सुन तोलामा ६ सयले बृद्धि हुँदै १ लाख ६५ हजार पुगेको थियो । हिजोको मूल्य भन्दा तोलामा आज सोमबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।

    यसैगरी शुक्रबार सुन तोलामा २ हजार रुपैयाँ वृद्धि भएर प्रतितोला एक लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

    सोमबार चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला २ हजार ९५ रुपैयाँ कायम भएको छ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक उकालो लाग्दा स्थानीय बजारमा यसको असर परिरहेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend