logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • रवि लामिछाने पक्राउको विरोधमा पोखरामा आज पनि प्रदर्शन

    रवि लामिछाने पक्राउको विरोधमा पोखरामा आज पनि प्रदर्शन

    273
    Shares
    रवि लामिछाने पक्राउको विरोधमा पोखरामा आज पनि प्रदर्शन

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आज पनि प्रदर्शन गरेको छ । रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि प्रदर्शन गरेको हो ।

    आज रास्वपा समर्थकहरुले पृथ्वीचोकमा सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले आइतबार पनि सहिदचोकमा प्रदर्शन गरेका थिए ।

    लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ ।

    गत शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो । उनी सहकारी ठगी मुद्दामा पक्राउ परेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend