logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • दिल्लीको वायु गुणस्तर खराब स्तरमा

    दिल्लीको वायु गुणस्तर खराब स्तरमा

    259
    Shares
    दिल्लीको वायु गुणस्तर खराब स्तरमा

    नयाँदिल्ली, एएनआई । भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३४९ मा झरेको छ । चीसोमा मौसम, पूराना गाडीहरूबाट निस्केको धुवाँ र धुलोका कारण राजधानीको वायु प्रदुषणलाई ढाकेका वायुको गुणस्तरमा वर्गीकृत भएको छ । पछि धुवाँले राजधानीलाई ढाकेको छ ।

    केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार राजधानीको शकुरपुर र वरपरका क्षेत्रमा प्रदूषणको तह ‘अति खराब’ अर्थात् एक्यूआई ३४६ रेकर्ड गरिएको थियो।

    इन्डिया गेट नजिकैका वरपरका क्षेत्रहरूमा एक्यूआईको तह ३०९ रेकर्ड गरिएको छ भने सफदरजङ्गमा ३०७ रेकर्ड गरिएको छ । यो तहले वायुको खराब गुणस्तरलाई चिन्ह्ति गर्छ ।

    यसैबीच, भारतका नदीहरूमा प्रदूषणको स्तर बढ्दै जाँदा यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको जनाइएको छ ।

    वातावरणविद् विमलेन्दु के झाले यस घटनालाई दिल्लीको वातावरण मैन्त्री शासनको पूर्ण उपहासको रुपमा व्याख्या गरेका छन् । उनले प्रदूषण दिल्लीबाटै भएको उल्लेख गरेकचा छन् ।

    यसअघि एएनआईसँग कुरा गर्दै इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरको कोटक स्कुल अफ सस्टेनेबिलिटीका डिन प्रोफेसर सच्चिदानन्द त्रिपाठीले ‘यमुना नदीमा विषाक्तताको प्रभाव खतरनाक रहेको बताएका थिए ।

    उनका अनुसार साबुन, डिटर्जेन्ट र अन्य प्रदूषकहरूबाट नदीमा बग्ने फोहोर पानीमा ठूलो मात्रामा मिसिनाले बारम्बार यस्ता घटना हुने गर्छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend