logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • सरकारले आफू निकट भ्रष्टहरुलाई संरक्षण गरिरहेको छ : बाबुराम भट्टराई

    सरकारले आफू निकट भ्रष्टहरुलाई संरक्षण गरिरहेको छ : बाबुराम भट्टराई

    266
    Shares
    सरकारले आफू निकट भ्रष्टहरुलाई संरक्षण गरिरहेको छ : बाबुराम भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले आफू निकटका भ्रष्टहरुलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

    ओम्नी, सहकारी, भूटानी शरणार्थी प्रकरणलगायतका काण्डहरुमा ठूला दलका सबैजसो नेताहरु संलग्न रहेपनि सरकारले अरुलाई तर्साएर आफू निकटका भ्रष्टहरुलाई जोगाउने काम गरेको उनको जिकिर थियो ।

    सोमबारबाट पोखरामा शुरु भएको पार्टीको विधान अधिवेशनमा बोल्दै अध्यक्ष भट्टराईले सबै दलहरु भ्रष्टाचारमा लिप्त रहेकाले उनीहरुलाई समेत छानविन गर्नका लागि एक छुट्टै संस्थाको आवश्यक रहेको तर्क गरे ।

    राष्ट्रपति, प्रधानमन्त्री लगायतका व्यक्ति र शक्तिहरुलाई कारबाहीको दायरामा ल्याउने खालको संस्था नबनाई मुलुकमा भ्रष्टचारको अन्त्य र सुशासन कायम नहुने भट्टराईले बताए । उनले भ्रष्टाचार नियन्त्रणको कुरा मुखले भनेर मात्रै नहुने पनि दोहोर्याए ।

    अध्यक्ष भट्टराईले भने, ‘आफ्नो भ्रष्टाचारीलाई च्यापेको छ अनि अर्को भ्रष्टाचारीलाई लगेर तर्साएको छ । अनि म सुशासन कायम गर्ने भनेर कुर्लिराखेको छ । भ्रष्टाचारी यिनै हुन् । चाहे बुढिगण्डकी आयोजना भन्नुस्, चाहे ओम्नी काण्ड भन्नुस् । चाहे भूटानी शरणार्थी काण्ड भन्नुहोस् । चाहे सहकारी काण्ड भन्नुहोस् । यसमा सबै दलहरु मुछिएका छन् ।

    अब यो समस्या हल गर्नको निम्ति हामीले बेग्लै संस्था चाहिन्छ भनेर शुरुदेखि नै भनेका छौं । यस्तो संस्था बनोस्, जसले देशको राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबैलाई अभियोजन गरेर मुद्दा लगाएर त्यसलाई कारबाही गर्न सकोस् भन्ने हाम्रो शुरुदेखिको माग छ त । संस्थाले भ्रष्टाचार नियन्त्रण गर्छ भनेका छौँ हामीले । तर अहिले तमासा भइराखेको छ ।’

    अध्यक्ष भट्टराईले आफूले प्रधानमन्त्रीको रुपमा मुलुकमा सुशासन कायम गर्न पहल गरेकाले अहिले पनि भ्रष्टाचारको अन्त्यको विषयलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend