काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।
सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन कार्तिक १० गते खबरदारी सभा गर्ने भएको हो ।
पेरिसडाँडामा आज आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय सङ्गठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले खबरदारी सभा गर्ने निर्णय गरेका हुन् ।
पेरिसडाँडामा अहिले बैठक जारी छ।