logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • मितेरी सहकारी प्रकरण : ज्योति गुरूङसहित २ जना विरुद्ध रेड कर्नर नोटिसका लागि सिफारिस

    मितेरी सहकारी प्रकरण : ज्योति गुरूङसहित २ जना विरुद्ध रेड कर्नर नोटिसका लागि सिफारिस

    854
    Shares
    मितेरी सहकारी प्रकरण : ज्योति गुरूङसहित २ जना विरुद्ध रेड कर्नर नोटिसका लागि सिफारिस

    काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलनको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ ।

    सिआइबीले प्रहरी प्रधान कार्यालय नक्सालमा सिफारिस गर्दै दुई जनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको हो ।

    महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको सिआइबीले अनुसन्धान गरिरहेको छ।

    सहकारीले दिएको पाँच जनाविरूद्धको जोहरीमध्ये सिआइबीले ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न भनेको हो ।

    ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्। आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको उपसभापति गुरूङले बताउँदै आएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend