logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • ऋण तिर्न र नयाँ आयोजना बनाउन थ्रीस्टार हाइड्रोले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    ऋण तिर्न र नयाँ आयोजना बनाउन थ्रीस्टार हाइड्रोले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    350
    Shares
    ऋण तिर्न र नयाँ आयोजना बनाउन थ्रीस्टार हाइड्रोले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

    कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । यसका लागि नियामक विद्युत नियमन आयोगसँग पूर्वस्वीकृति माग्ने निर्णय भएको कम्पनीले जनाएको छ।

    आयोगले पूर्वस्वीकृति लिएर हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । थ्रीस्टार हाइड्रोपावरको चुक्ता पुँजी ४९ करोड २५ लाख रुपैयाँ रहेको छ । आयोगको स्वीकृतिपछि हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी दोब्बर भएर ९८ करोड ५० लाख रुपैयाँ हुनेछ ।

    हकप्रद जारी भएपछि प्राप्त हुने रकम मध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना बनाउँदा बैंकबाट लिएको ऋण र अन्य दायित्व भुक्तानी गर्ने कम्पनीले जनाएको छ । बाँकी १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडले निर्माण गरिरहेको माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजनामा स्वपुँजी लगानी गर्ने भएको छ । निर्माणधीन आयोजनाको जडित क्षमता ९ मेगावाट रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend