logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • खुर्कोट बेलिब्रिजको काम सकियो, आजदेखि गाडी चल्ने

    खुर्कोट बेलिब्रिजको काम सकियो, आजदेखि गाडी चल्ने

    644
    Shares
    खुर्कोट बेलिब्रिजको काम सकियो, आजदेखि गाडी चल्ने

    काठमाडौ । असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल बर्षापछि सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिजमा आजदेखि यायायात साधन चल्ने भएका छन् ।

    सुनकोशी नदीमा पुल बाढीले बगाएको थियो । नेपाली सेनाले दुई साताभित्रै बेलिब्रिज हाल्ने काम सकेको हो । हिजो सोमबार बेलिब्रिजको काम सकिएको हो ।

    सुनकोशी नदीको पुल रामेछापतर्फ ५१ मिटर बगेपछि बेलिब्रिज राखिएको हो ।

    बाढीले सुनकोशीको पुल बगाउँदा रामेछाप आवतजावत गर्न वैकल्पिक सडक दोलखा हुँदै र सित्खा पुल पार गरेर कष्टकर यात्रा गर्न बाध्य थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend