logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च

    प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च

    273
    Shares
    प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च

    जेनेभा, एएफपी । लामो समय सम्म चलेको द्वन्द्वले प्यालेस्टिनी क्षेत्रहरूमा गरिबीको दर यस वर्ष लगभग दोब्बर भइ ७४.३ प्रतिशतमा पुगेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले मङ्गलबार जारी गरेको प्रतिवेदनले जनाएको छ ।

    युएनडिपीका प्रमुख अचिम स्टेनरले युद्धको प्रभाव भौतिक पूर्वाधार विनाशमा मात्र नभई गरिबी, जीविकोपार्जन लगायतका क्षेत्रमा समेत परेको बताएका छन् ।

    सन् २०२३ को अन्त्यमा ३८.८ प्रतिशत रहेको गरिबीको दर यस वर्ष २.६१ मिलियन प्यालेस्टिनीहरू गरिबीमा पर्दा गरिबीको सङ्ख्या ४.१ मिलियनमा पुगेको जनाइएको छ ।

    यो विनाशले प्यालेस्टाइनलाई विकासको मार्गमा दशकौँ पछाडि पारेको स्टेनरले उल्लेख गरेका छन् ।

    यो सँगै यो वर्ष प्यालेस्टिनी क्षेत्रमा बेरोजगारीदर ४९.९ प्रतिशतले बढ्ने र गाजामा जीडीपी ३५.१ प्रतिशतले कम हुने अध्ययनले जनाएको छ ।

    उनका अनुसार प्रत्येक वर्ष मानवीय सहायता प्रदान गर्न सकिएमा प्यालेस्टिनी अर्थव्यवस्थालाई छिटै सङ्कट मुक्त गर्ने सकिने सम्भावना भने अझै जिवितै छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend