logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • विपद् व्यवस्थापन न्युनिकरणमा नयाँ प्रविधिको विकास गर्दै युवाहरु

    विपद् व्यवस्थापन न्युनिकरणमा नयाँ प्रविधिको विकास गर्दै युवाहरु

    154
    Shares
    विपद् व्यवस्थापन न्युनिकरणमा नयाँ प्रविधिको विकास गर्दै युवाहरु

    काठमाडौं । इन्जिनियरिङ विधामा अध्ययनरत युवाहरुले बहुप्रकोपिय विपद् व्यवस्थापनमा प्रयोग हुने सफ्टवेयर र हार्डवयेर विकास गरेका हुन् ।

    बहुप्रकोपिय विपद् व्यवस्थापनमा विभिन्न जटिलताहरु आउने गरेको र व्यवस्थापन चुनौतिपूर्ण बनेको अवस्थामा युवाहरुले स्थानीय साधन र स्रोत प्रयोग गरि गर्न सकिने प्रविधिको विकास गरेका हुन् ।

    स्टार्ट नेटवर्कको सक्रियतामा आयोजना गरिएको फोरवार्न डिजास्टर ह्याकथनमा सहभागी युवाहरुले विपद् पूर्व, विपद्प्रतिकार्य र विपद्पछिको पुनःस्थापनामा प्रयोग गरिने सफ्टवेयर विकास गरेका हुन् । त्यसमा विपद्पूर्वको अवस्था विश्लेषण, विपद् प्रतिकार्य, जनस्वास्थ्य, खोज तथा उद्धार, पोषण साथै पुनःस्थापनामा गरिने कार्यहरुमा आर्टिफिसियल इन्टेलीजेन्सको प्रयोग गरी सफ्टवेयर निर्माण गरेका हुन् ।

    आर्टिफिसियल इन्टेलीजेन्सको प्रयोग गरि बनाइएको सफ्टवेयर, एप्लीकेसन विपद् व्यवस्थापनका लागि प्रभावकारी हुने भएकाले तत्काल विपद् प्रतिकार्य भई जोखिम न्युनिकरण गर्न सहज हुने विश्वास गरिएको छ । आईतबारदेखि मंगलवारसम्म धुलिखेलमा आयोजना गरिएको ह्याकथनमा देशभरबाट छानिएका ७ वटा समूहले विपद् व्यवस्थापनका लागि बनाएको प्रविधिको विस्तृत प्रश्तुत गरेका थिए ।

    ह्याकथनलाई नेतृत्व र मोनिटरिङ गरेका इन्जिनियरिङ अध्ययन संस्थानको विपद् अध्ययन केन्द्रका निर्देशक डाक्टर वसन्तराज अधिकारीले आर्टिफिसियल इन्टेलीजेन्सको अधिकतम प्रयोग गरी विकास गरिएको युवाहरुको आविश्कारले विपद् जोखिम न्युनिकरण कार्यलाई सहज बनाउने विश्वास व्यक्त गरे । ह्याकथनले युवाहरुलाई समूहमा कार्य गर्न प्रोत्साहन गर्ने र नविन सोचहरुलाई परिपक्व बनाउन सहयोग गर्ने भएकाले आविष्कारमा चासो राख्नेहरुलाई पनि महत्वपूर्ण अवसर हुने बताए ।

    उनले भने, ‘फोरवार्न डिजास्टर ह्याकथन यो डिजास्टरमा नयाँ इनोभेटिभ टुल्स टेक्निस मोडलहरु डेभलप गर्नको लागि गरिएको एउटा प्रयास हो । योडिजास्टर ह्याकथनका विभिन्न चरणहरु, विभिन्न प्रकारका कामहरु हुँदाहुँदै पनि यसमा हामीले नेपालभरका युथहरुलाई बोलाएर आफ्ना—आफ्ना कन्सेप्टहरु प्रेजेन्ट गर्न लगायौँ । १३६ जना पार्टीसिपेटहरुले आफ्नो कन्सेप्टहरु पठाउनुभएको थियो ।

    त्यसबाट हामीले मेण्टरभाइजरहरुले यसलाई सेलेक्शन गरेका हौँ यसमा सहभागीहरुले आफ्नो कन्सेप्टलाई मेण्टरहरुसँग मिलेर त्यसलाई अझ परिस्कृत गर्दै लैजाने हुन्छ ।’

    मुलुकभरका १ सय ३६ जना युवाहरुबाट छानिएका ७ वटा नविन आविश्कारहरुलाई विपद् व्यवस्थापनमा काम गर्दे आएका विज्ञहरुले मेन्टरिङ गरिरहेका छन् । ७ वटा नविन आविष्कार मध्येबाट प्रथम विजेतालाई एक लाख, दोस्रोलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार प्रदान गरिने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend