logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • नेता स्नेहीद्वारा दाङबाट सय दिने सांगठनीक अभियानको शुभारम्भ

    नेता स्नेहीद्वारा दाङबाट सय दिने सांगठनीक अभियानको शुभारम्भ

    217
    Shares
    नेता स्नेहीद्वारा दाङबाट सय दिने सांगठनीक अभियानको शुभारम्भ

    दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेहीले १०० दिने सांगठनीक अभियान शूरु गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार ‘१०० दिने विशेष अभियान २०८१’ अन्तर्गत स्नेहीले १०० दिने सांगठनीक अभियान मंगलबार दाङबाट शुभारम्भ गरेका हुन् ।

    दशैं अघिबाटै गर्ने तयारी गरिएको अभियान गत असोज ११ र १२ को विनासकारी बाढीपहिरो र प्राकृतिक प्रकोपका कारण स्थगित भएको थियो ।

    नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिका सभापति, पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीसहित अगुवा नेता कार्यकर्ताहरुको सहभागितामा १०० दिने सांगठनीक अभियानको शुरुवात गरेको नेता स्नेहीले बताए ।

    १०० दिन सम्म उनले दाङका सबै भुगोलमा पुगेर पार्टी संगठनको अवस्था, स्थानीय सरकारसँगको समन्वय, नागरिकस्तरमा देखिएका समस्या, अपेक्षा र पार्टीलाई प्राप्त सुझाव समेतको अध्ययन गरी तोकिएको समयमा प्रतिवेदन बुझाउने गरी भव्यताका साथ अभियान थालेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend