logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • मितेरी सहकारी रकम अपचलन : ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार

    मितेरी सहकारी रकम अपचलन : ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार

    2.7K
    Shares
    मितेरी सहकारी रकम अपचलन : ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार

    काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

    ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सिआइबीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रकम अपचलन भएको भन्दै सहकारी सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सिआइबीमा जाहेरी दिएका थिए ।

    सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध सहकारीको १२ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    यो पनि : 

    मितेरी सहकारी प्रकरण : ज्योति गुरूङसहित २ जना विरुद्ध रेड कर्नर नोटिसका लागि सिफारिस 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend