logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • सुनको मूल्य बढेको बढ्यै, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य बढेको बढ्यै, आज कतिमा हुँदैछ कारोबार ?

    1.8K
    Shares
    सुनको मूल्य बढेको बढ्यै, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्य आज बुधबार नेपाली बजारमा ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    सुन हिजो मंगलबार तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार दशैँपछिको अवस्था सुनको भाउ लगातार बढिरहेको छ ।

    मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै मूल्य बढेको हो ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend