logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगरौँ, अनुसन्धानलाई सघाऔँ : विश्वप्रकाश शर्मा

    सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगरौँ, अनुसन्धानलाई सघाऔँ : विश्वप्रकाश शर्मा

    1.1K
    Shares
    सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगरौँ, अनुसन्धानलाई सघाऔँ : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समा लेख्दै यस्तो सुझाव दिएका हुन् ।

    महामन्त्री शर्माले अदालतको फैसला कुर्न र अनुसन्धानमा सघाउन आग्रह गर्दै सडक विलापको जगहँसाइ नगर्न सुझाव दिएका छन् ।

    उनले रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदनले प्रचलित कानुन बमोजिम कारवाही गर्नु भन्ने सिफारिस गरेको उल्लेख गर्दै प्रक्रिया सुरु भएपछि ‘राजनैतिक प्रतिशोध’ भन्नु संसदीय समिति र संसदकै अपमान भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जगहँसाइ नगरौँ ।

    उनले दोषीलाई कारवाही र बचतकर्ताको रकम फिर्ता अहिलेको राष्ट्रिय आवश्यकता रहेको उल्लेख गरेका छन् ।

    पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी बचत रकम अपचलन गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend