logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • यस्ता छन् केपी ओली सरकारको १०० दिने उपलब्धि (पूर्णपाठसहित)

    यस्ता छन् केपी ओली सरकारको १०० दिने उपलब्धि (पूर्णपाठसहित)

    525
    Shares
    यस्ता छन् केपी ओली सरकारको १०० दिने उपलब्धि (पूर्णपाठसहित)

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक सय दिनको प्रमुख कार्य र उपलब्धिको विवरण सुनाएका छन् । नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधबार सिंहदरबारबाट सम्बोधन गरेका हुन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलबाट प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।

    सम्बोधनका क्रममा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरे । ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी गरे ।

    उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए ।

    ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताए । वर्तमान सरकार जनताको विश्वासले गठन भएको उनले उल्लेख गरे ।

    आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि सरकारले पूरा गर्थ्यो ।”

    सरकार गठनको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्ण पाठ यसप्रकार छः

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend