logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • सरकारको सय दिन : २०० उद्योगमा ३४ अर्ब लगानी

    सरकारको सय दिन : २०० उद्योगमा ३४ अर्ब लगानी

    434
    Shares
    सरकारको सय दिन : २०० उद्योगमा ३४ अर्ब लगानी

    काठमाडौं । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि ३४ अर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता गरिएको छ । सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारका सङ्केत देखापरेका बताए ।

    आफू सरकारमा आउँदा अर्थतन्त्र डावाडोल भएको र आज त्यसमा सुधारका संकेतहरु देखा परेको दाबी प्रधानमन्त्री ओलीको छ । निजी क्षेत्रकै माग बमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठनले व्यवसायीहरुमा आत्मविश्वास पलाउदै उनले दाबी गरे ।

    प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगको गठनले व्यवसायीमा आत्मविश्वास पलाउँदै गएको दाबी गरे । उनले भने, “अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि गिरेको सेयरबजार प्राकृतिक विपत्तिको प्रतिकूलताका बीचमा पनि प्रगतिकै लयमा छ ।”

    नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र भण्डारण क्षमता अभिवृद्धिका लागि भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म तथा अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार र टर्मिनल भवन निर्माण कार्य अगाडि बढाउन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच सम्झौता सम्पन्न भएको प्रधानमन्त्री ओलीले बताए ।

    वस्तु, सेवा र प्रक्रियाको गुणस्तरलाई सुनिश्चित गर्न, मापदण्डको आवश्यकतालाई ध्यानमा राख्दै नेपाल एक्रिडिटेसन सेन्टर सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे। यस संस्थाले मुलुकभरका विभिन्न क्षेत्रका गुणस्तर निर्धारण गर्ने संस्थाको कार्यक्षमता, पारदर्शिता र प्रमाणिकताको मापन गर्ने जिम्मेवारी बहन गर्ने छ ।

    चालु आर्थिक वर्षको असोज मसान्तसम्म सङ्घीय सरकारी खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही प्रतिशत वृद्धि भई ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको प्रधानमन्त्री ओलीले जानकारी दिए । कुल राजस्व परिचालन १३ दशमलव ३ प्रतिशतले वृद्धि भई करिब २ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको प्रधानमन्त्रीले बताए।

    काम गर्ने युवाहरुलाई देशमा केही अवसर छैन, विदेश नै भासिनु पर्छ भन्ने समाजमा जबर्जस्त भाष्य बनेको प्रधानमन्त्री ओलीले बताए । उद्योग मन्त्रालयले १ सय ६५ जना युवाहरुलाई खुला आवेदनको माध्यमबाट विना धितो २५ लाख रुपैयाँ सम्मको स्टार्टअप कर्जा प्रवाह गरेका छ । ती युवाहरुले आफ्नो व्यवसाय सञ्चालन गरेर कर्जाको सावा/ब्याजको किस्ता भुक्तानी समेत सुरु गरेको उनले जानकारी दिए।

    यस वर्ष ५ हजार १५८ जना उद्यमीले स्टार्टअप कर्जाका लागि प्रस्ताव पेश गरेका छन् । प्राप्त प्रस्तावहरू मध्येबाट स्टार्टअप उद्यमी छनौट गरी पुस मसान्तभित्र कर्जा प्रवाह गर्ने तयारी गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend