logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • लुम्बिनीका नवनियुक्त ३ मन्त्रीले लिए शपथ

    लुम्बिनीका नवनियुक्त ३ मन्त्रीले लिए शपथ

    350
    Shares
    लुम्बिनीका नवनियुक्त ३ मन्त्रीले लिए शपथ

    काठमाडौँ । लुम्बिनी प्रदेशमा नवनियुक्त तीन जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    उनीहरुलाई मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो बुधबार मन्त्रीमा नियुक्त गरेका थिए । नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्रि नियुक्त गरिएको हो ।

    तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    तीनैजना मन्त्रीले बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ लिएका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend