logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारले आफ्नालाई खुला रुपमा संरक्षण गर्दै विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछ : अग्नि सापकोटा

    सरकारले आफ्नालाई खुला रुपमा संरक्षण गर्दै विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछ : अग्नि सापकोटा

    476
    Shares
    सरकारले आफ्नालाई खुला रुपमा संरक्षण गर्दै विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछ : अग्नि सापकोटा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले विपक्षी दलका नेताहरु केन्द्रित कारबाही गरिरहेको बताएका छन् ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको बेलामा कसैलाई पनि पक्ष–विपक्ष नभनि कारबाही गरिएको भएपनि अहिलेको सरकार विपक्षी दलका नेताहरुलाई मात्रै लक्षित गरेर कारबाही गरिरहेको बताए ।

    उनले विपक्षी नेताहरुलाई छानि छानि मुद्दा लगाउने र जेल हाल्ने काममा केन्द्रित भएको बताए । उनले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेललाई प्रमाण हुँदाहुँदै पनि खुला रुपमा संरक्षण गरेको आरोप लगाए ।

    उनले भने, ‘यो सरकार र हाम्रो नेतृत्वमा बनेको सरकारको बीचमा के फरक छ भन्दा हाम्रो पार्टीले कानून र प्रमाणले भेटेसम्म जसलाई पनि कारबाही गरे हुन्छ भनेर दोषी कोही पनि नछुटुन् र निर्दोष कोही पनि नपरुन् भन्ने मान्यताका आधारमा कारबाही गरिएको थियो । अहिले तपाईंहरुले देख्नुभएको छ, अहिलेको सरकारले विपक्षी दलका नेताहरुलाई, विपक्षी दलका व्यक्तिहरुलाई छानि छानि मुद्दा लगाउने, जेल हाल्ने गरेको छ भने आफ्ना नेताहरुलाई जोगाइरहेको छ ।

    तपाईंहरुलाई थाहा छ, म ति नामहरु पनि भन्न तयार छु, नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुला रुपमा संरक्षण गरिएको छ । सुशासन र भ्रष्टाचारमा पहिलाको सरकारले जुन काम थालेका थिए ति कामहरु सबै उल्ट्याउने काम गरेको छ । हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह गर्ने कुरामा ध्यान दिएका थियौँ ।’

    पत्रकार सम्मेलनका क्रममा माओवादी केन्द्रले कार्तिक १० गते सरकारलाई उत्तरदायी बनाउन खबरदारी सभा गर्ने निर्णय गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend