logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४१ करोडको कारोबार

    सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४१ करोडको कारोबार

    399
    Shares
    सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४१ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार १८.२५ अंकले घटेर २६२७.१४ को विन्दुमा कायम भएको छ ।

    आज ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ ।

    नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।

    सबैभन्दा बढी एनएलजी इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३४ करोड ३१ लाख २० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सहास उर्जाको २४ करोड ९३ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

    त्यस्तै, आइसीएफसी फाइनान्सको २४ करोड ९२ लाख ७९ हजार रुपैयाँ, पिपुल्स हाइड्रोपावरको २४ करोड ५५ लाख २४ हजार रुपैयाँ, सम्वृद्धि फाइनान्सको १९ करोड ७ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।

    आज नेपाल एसबिआई बैंकका लगानीकर्ताले ९.७५ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फन्डका इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।

    आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ ।

    रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । त्यसैगरी, एनआइबिएल सम्वृद्धि फण्डको ५.७३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.९० प्रतिशत, गुडविल फाइनान्सको ४.५१ प्रतिशतले सेयर मूल्य घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend