logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • महिला सशक्तिकरण आवश्यक छ : मन्त्री सुडी

    महिला सशक्तिकरण आवश्यक छ : मन्त्री सुडी

    217
    Shares
    महिला सशक्तिकरण आवश्यक छ : मन्त्री सुडी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरण आवश्यक भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा आफू विश्वस्त रहेको बताए । उनले महिला अधिकारको लागि निरन्तर तत्पर रहेको बताए । उनले महिला र बालबालिकाहरुको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामुलक बनाउने प्रतिवद्धता व्यक्त गरे ।

    मन्त्री सुडीले महिला र बालबालिकाहरुको सशक्तिकरणमा ठूलो योगदान पुर्याउन आवश्यक रहेको उल्लेख गरे । उनले महिला र बालबालिकाहरुको सशक्तिकरणमा भएका समस्याहरुको उजागर गर्दै समाधानको बाटो पहिल्याउन जरुरी रहेको बताए ।

    उनले भने, ‘महिला सशक्तिकरण आवश्यक छ । महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा म दृढ विश्वास राख्दछु । म महिला अधिकारको लागि निरन्तर तत्पर रहेको छु । त्यसैले महिला र बालबालिकाहरुको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामुलक बनाउने प्रतिवद्धता व्यक्त गर्दछु । महिला र बालबालिकाहरुको सशक्तिकरणमा ठूलो योगदान पु¥याउन आवश्यक छ । महिला र बालबालिकाहरुको सशक्तिकरणमा भएका समस्याहरुको उजागर गर्दै समाधानको बाटो पहिल्याउनु पर्छ ।’

    मन्त्री सुडीले पिछडिएका व्यक्तिहरुको समस्या उजागर गरी समाधान गर्न सरकार प्रयत्नशिल रहेको बताए । सरकार र नागरिक समाज मिलेर लैङ्गिक असमानताको मुल कारणहरुलाई निर्मुल गर्न र महिला एवं बालबालिकाको लागि समान अवसर सुनिश्चित गर्न लाग्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend