logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • फूलसँगै व्यवसायीक तरकारी खेतीमा दैलेखका देवेन्द्र, मनग्य आम्दानी

    फूलसँगै व्यवसायीक तरकारी खेतीमा दैलेखका देवेन्द्र, मनग्य आम्दानी

    217
    Shares
    फूलसँगै व्यवसायीक तरकारी खेतीमा दैलेखका देवेन्द्र, मनग्य आम्दानी

    दैलेख । सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन् ।

    कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको हो । उनले भने “गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।”

    उनले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाएका थिए । उनले भने, “गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।” यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब दुई लाख रुपैयाँ आम्दानी हुने अनुमान उने गरेका न्।

    कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहीले जिल्लामा फूलखेतीको संभावना राम्रो रहेको बताए । किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ । उनले तीन जनालाई रोजगारसमेत दिएका छन् । उनले भने, “तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । ”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend