logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • तीन महिनामा यातायात कार्यालय हेटौँडाले संकलन गर्‍यो २२ करोड ८१ लाख राजस्व 

    तीन महिनामा यातायात कार्यालय हेटौँडाले संकलन गर्‍यो २२ करोड ८१ लाख राजस्व 

    315
    Shares
    तीन महिनामा यातायात कार्यालय हेटौँडाले संकलन गर्‍यो २२ करोड ८१ लाख राजस्व 
    बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा २२ करोड ८१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
    नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले २२ करोड ८१ लाख ४७ हजार आठ सय दुई रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए ।
    उनका अनुसार चालु आवको तीन महिनामा सवारी करबाट दुई करोड ७४ लाख ६४ हजार नौ सय ५१, सवारी चालक अनुमतिपत्र वितरणबाट सात करोड ५८ लाख ७२ हजार ४८, यातायात क्षेत्रको आम्दानीबाट १२ करोड ४८ लाख दुई हजार पाँच सय ५३ तथा बेरुजुबाट आठ हजार दुई सय ५० रुपैयाँ राजस्व संकलन भएको छ ।
    यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल पाँच सय ७३ वटा, साना सवारी तीन सय ३२ वटा, टेम्पो/ई–रिक्सा दुई सय ४८ वटा, ठूला तथा मझौला सवारी एक सय ५८ वटा र ट्र्याक्टर एक गरी एक हजार तीन सय १३ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अवधिमा नयाँ एक हजार एक सय ९६ र वर्ग थप आठ सय ५९ गरी दुई हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
    यस्तै सो अवधिमा एक हजार पाँच सय ४६ नवीकरण, २९ वटा प्रतिलिपी १७  नवीकरण प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड  सात लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend