logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • ‘आफ्नै कार्यकालमा काठमाडौंमा पानीको समस्या समाधान गर्छु’ : मन्त्री यादव

    ‘आफ्नै कार्यकालमा काठमाडौंमा पानीको समस्या समाधान गर्छु’ : मन्त्री यादव

    245
    Shares
    ‘आफ्नै कार्यकालमा काठमाडौंमा पानीको समस्या समाधान गर्छु’ : मन्त्री यादव

    काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताए । उनले मन्त्रालयले दीर्घकालीन समाधानका लागि पनि आफ्ना योजनाहरु बनाइरहेको बताए । मन्त्री यादवले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डरका लागि प्रक्रिया अघि बढाइएको बताए ।

    शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाडौं पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उल्लेख गरे । मन्त्री यादवले काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गरे ।

    उनले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरु संशोधन गरी अघि बढिरहेको बताए । मन्त्री यादवले सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाडौं ल्याउने तयारी गरिएको बताए ।

    उनले अहिलेको सरकार मजबुत सरकार भएकाले यो सरकारको आयु लामो भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend