logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • सिटिजन्स बैंकको १८औं साधारण सभा सम्पन्न, ४.२१ प्रतिशत लाभांश पारित

    सिटिजन्स बैंकको १८औं साधारण सभा सम्पन्न, ४.२१ प्रतिशत लाभांश पारित

    210
    Shares
    सिटिजन्स बैंकको १८औं साधारण सभा सम्पन्न, ४.२१ प्रतिशत लाभांश पारित

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभाले ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतमा काठमाडौंमा सम्पन्न १८ औं साधारण सभाले सो लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

    सभाले २०८०/८१ को वितरण योग्य नाफाबाट चुक्तापुँजीको ४ प्रतिशत अर्थात ५६ करोड ८० लाख ३८ हजार ९ सय ६० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२१ प्रतिशत लाभांश दिने प्रस्ताव सभाबाट पारित गरेको बैंकले जनाएको छ।

    सभाले २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०८०८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू पनि सभाले स्वीकृत गरेको छ।

    सो अवसरमा अध्यक्ष पाण्डेले सेयरधनीहरूबाट प्राप्त सुझावअनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिवद्ध रहेको उनले जानकारी गराए ।

    सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend