logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • काठमाडौंबाट भारत उड्ने तयारीमा रहेको एयर इन्डियाको जहाजमा बम राखेको सूचना, विमानमा सर्च

    काठमाडौंबाट भारत उड्ने तयारीमा रहेको एयर इन्डियाको जहाजमा बम राखेको सूचना, विमानमा सर्च

    630
    Shares
    काठमाडौंबाट भारत उड्ने तयारीमा रहेको एयर इन्डियाको जहाजमा बम राखेको सूचना, विमानमा सर्च

    काठमाडौं । काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ । जहाजमा बम राखिएको सूचना आएपछि एयरपोर्टमा सुरक्षा सतर्कता बढाइएको छ ।

    सोमबार अपरान्ह दिल्ली उड्न लागेको उक्त जहाजमा बम रहेको सूचना आएपछि अहिले नेपाली सेना र नेपाल प्रहरीले संयुक्त सर्च थालेका छन् ।

    उड्डयन प्राधिकरणका अनुसार आज अपराह्न ३ः १२ बजे एयर इन्डिया २१५ जहाज अवतरण गरेको थियो । उक्त जहाज अवतरण भइसकेपछि १६९ मध्ये ४० जना यात्रु चढिसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको थियो ।

    अहिले यात्रुलाई उतारेर नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जाँच गरिरहेका छन् ।

    यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौं अवतरण गरेको भिस्तारा एयरलाइन्सको विमानमा बम राखिएको सूचना आएको थियो । २(३ घण्टाको सर्चपछि बम राखिएको सूचना फेक भएको पुष्टि भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend