logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • धनतेरसमा सुनको असर्फी किन्ने सर्वसाधारणको भिड

    धनतेरसमा सुनको असर्फी किन्ने सर्वसाधारणको भिड

    462
    Shares
    धनतेरसमा सुनको असर्फी किन्ने सर्वसाधारणको भिड

    काठमाडौं । टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा सुनको असर्फी किन्ने सर्वसाधारणको भीड लागेको छ ।

    राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा धनतेरसमा सुनको असर्फी लिन भीड लागेको हो । धनतेरसको दिन धातु,सुनका गहरगना,भाँडाकुँडा किन्ने प्रचलन समेत रहेको छ । त्यस्तै तिहारको लक्ष्मी पूजाको दिन पूजामा सुन चाँदीका सिक्का चढाउने चलन छ ।

    त्यसैले टक्सार विभाग सुनको असर्फी किन्ने मानिसहरुको भीड बिहानदेखि लागेको हो । असर्फी किन्नको लागि बिहान ६ बजेदेखि लाइन लागेको थियो । राष्ट्र बैंकले २.५ ग्राम तौलको सुनको सिक्का विक्री गरिरहेको छ ।

    असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंककाअनुसार एक व्यक्तिले एउटा मात्रै सुनको असर्फी पाउने जनाएको छ । त्यस्तै राष्ट्र बैंकले चाँदीको सिक्का पनि गत आईतबारदेखि विक्री खुला गरेको थियो । टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का विक्री गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend