logo

२०८१ मंसिर २६ बुधबार

logo
  • बुधबार, २६ मंसिर २०८१
  • नेपालले आयुर्वेदिक औषधिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्नुपर्छ : मन्त्री पौडेल

    नेपालले आयुर्वेदिक औषधिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्नुपर्छ : मन्त्री पौडेल

    616
    Shares
    नेपालले आयुर्वेदिक औषधिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्नुपर्छ : मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाइ बाहिरि मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताएका छन् ।

    बुधबार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधि विक्री गर्दै आएको भएपनि ९० प्रतिशत आयुर्वेदिक औषधि भने बाहिरबाट आयात गर्नुपरेको बताए । वैद्यखानाले माग पूरा गर्नसके बाहिरि मुलुकबाट आयात हुने औषधि बन्द गर्ने बताए । उनले औषधिको उत्पादन बढाए विक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिवद्धता जनाए ।

    उनले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताए । उनले सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा नपाउने पनि बताए । उनले सिंहदरबार वैद्यखानालाई अब पनि टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्दै अब सबै मिलेर उकास्नुपर्ने जरुरी रहेको बताए ।

    मन्त्री पौडेलले नेपालले आयुर्वेदिक औषधिको मामिलामा आत्मनिर्भर मात्र नभइ निर्यात गर्ने क्षमता बनाउन सक्नुपर्ने बताए ।

    उनले भने, ‘अब यसका निम्ति अरु संरचनाहरु के आवश्यक पर्छन्, यो समिति बनाउनुपर्छ भने बनाऔँ । मलाई त समिति मन्त्री भन्देलान् भन्ने डर छ । मैले थुप्रै विषयमा समिति बनाएर अघि बढेको छु । समिति बनाएर अघि जानुपर्नेछ भने बनाऔँ । यसको उत्पादन तुरुन्तै वृद्धि गरौँ । यसैले उत्पादन गरेर कमााइ नगर्ने हो भने तपाईंहरुले निवृत्त भएपछि प्राप्त गर्ने सुविधा प्राप्त गर्न सक्नुहुन्न । घाटामा जाने, त्यो सबैलाई राज्यले पड्ताल गर्दै जाने, अब जुन लक्षित समूह हो त्यसलाई केही पनि गर्न नसक्ने, हामीले यि संस्थाहरुलाई यही ढंगबाट यसलाई टालटुल गरेर लगिरहने स्थिति बन्दैन ।

    हामीले यसैबाट र यहीँबाट उत्पादन गर्ने, कमाउने, हामीले सुविधा पनि लिने, कोष पनि बनाउने र निवृत्त भएपनि सेवा लिन पाउने सहज वातावरण बनाउनुपर्छ । हामीले यहाँ गर्नसक्छौँ । हामीले देशभरकै ७५३ पालिकामा आयुर्वेद औषधि जुन विक्री हुन्छ, त्यहाँ ९० प्रतिशत आयात गरिन्छ । यहाँहरुले उत्पादन गर्नुभयो भने आयात बन्द गराउने काम हामी गर्छौं । मैले गर्छु । यहाँका सम्पूर्ण उत्पादन पालिकाका आयुर्वेद औषधि पसलमा जाने स्थिति हामी बनाउँछौँ ।

    यसलाई सम्पन्न संस्थाका रुपमा विकसित गर्न धेरै गाह्रो छैन । विक्री गर्ने व्यवस्थित वातावरण बनाउन सकिन्छ । आयुर्वेद औषधिको मामिलामा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने क्षमता बढाउनु पर्छ । निर्यात गर्ने क्षमता बढाए यो संस्था धेरै नै छिटो समृद्ध हुन्छ ।’

    स्वास्थ्यमन्त्री पौडेलले सबै मिलेर वैद्यखाना बनाउने संकल्प गर्न आग्रह गरे । उनले वैद्यखानालाई योगदान गर्ने क्षमताको विकास जरुरी रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend