logo

२०८१ मंसिर १८ मंगलबार

logo
  • मंगलबार, १८ मंसिर २०८१
  • गरिमा विकास बैंकले साफ वुमन्स च्याम्पियनसिपको फाईनलमा नेपाली टिमलाई प्रति गोल १ लाख दिने

    गरिमा विकास बैंकले साफ वुमन्स च्याम्पियनसिपको फाईनलमा नेपाली टिमलाई प्रति गोल १ लाख दिने

    5.8K
    Shares
    गरिमा विकास बैंकले साफ वुमन्स च्याम्पियनसिपको फाईनलमा नेपाली टिमलाई प्रति गोल १ लाख दिने

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई पुरस्कार प्रदान गर्ने भएको छ । बैंकले बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुने साफ वुमन्स च्याम्पियनसिप फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँका दरले पुरस्कार प्रदान गर्ने भएको हो ।

    बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँ प्रदान गर्नेछ । नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

    काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवद्र्धनमा सहयोग गर्दै आईरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend