logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एकताको कुरा गरेर मात्रै हुँदैन, कम्युनिष्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक छ : अध्यक्ष दाहाल

    एकताको कुरा गरेर मात्रै हुँदैन, कम्युनिष्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक छ : अध्यक्ष दाहाल

    665
    Shares
    एकताको कुरा गरेर मात्रै हुँदैन, कम्युनिष्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक छ : अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एकताको कुरा गरेर मात्रै नहुने बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि धेरै चर्चा गरेको भए पनि पर्याप्त नभएको बताए । उनले अब आफैँ बदलिने र कम्युनिष्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक रहेको बताए । उनले एकताको कुरा गरेर पनि धेरै हुने जस्तो आफूलाई नलागेको बताए ।

    उनले मिल्न मन हुनेजति मिल्न सकिने र नमिल्नेहरुले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरुमा एकतावद्ध हुनुपर्ने बताए । उनले सही विचारको आधारमा समाजवादी क्रान्तीतिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।

    उनले भने, ‘हामीले हिजो एकताको कुरा गर्दैगर्दा कमरेड मदन भण्डारीका कयौँ कुराहरु र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि चर्चा हामीले नगरेको होइन । तर त्यो पर्याप्त भएन । आज हामीले संकल्प गर्नुपर्ने कुरा के हो भने हामी आफैँ आफैँले शुरु गरौँ । अब यो एकताको कुरा भनेर पनि धेरै हुने मैले चाहीँ देख्या छैन । यहाँ अरु कमरेडले पनि भन्नुभयो, मिल्ने जति मिलौँ ठिकै छ, नमिल्नेहरु कति मिल्न सकिने हो ? त्यतिमा मोर्चा बनाएर मिलौँ । त्यो पनि सकिँदैन । खासखास इस्युहरुमा कार्यगत एकता गरौँ ।

    तर मिल्नुपर्ने सबैभन्दा ठूलो कुरा आफ्नै पार्टी कसरी सही विचारको आधारमा एकतावद्ध गर्ने ? र सही विचारको आधारमा समाजवादी क्रान्तीतिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्यो भने त्यहीँबाट अरुलाई पनि एकतावद्ध गर्ने प्रक्रियाको शुरुवात हुनसक्छ । इतिहास र घटनाक्रमले तपाईं हामीलाई यही सिकायो ।’

    अध्यक्ष दाहालले आफ्ना विगतका कमी कमजोरीलाई सच्याएर अघि बढ्न आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend