काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् ।
बुधबार राति सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालादेशसँग पराजित भएपछि प्रशिक्षक तामाङले अब राष्ट्रिय महिला टिम नहेर्ने बताएका हुन् ।
उनले अब आफुले क्लब हेर्ने प्रतिक्रिया दिएका थिए । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा सात मध्ये ६ फाइनलमा पुगेर उपविजेतामै चित्त बुझाएको छ ।
बुधबार राति बंगलादेशसँग भएको फाइनले खेलमा नेपाल २-१ ले पराजित भएको हो ।