logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • उपाधि भिडन्तमा बंगलादेशसँग पराजित भएपछि साम्बा भन्छिन् : यो हार बिर्सिन धेरै समय लाग्नेछ

    उपाधि भिडन्तमा बंगलादेशसँग पराजित भएपछि साम्बा भन्छिन् : यो हार बिर्सिन धेरै समय लाग्नेछ

    931
    Shares
    उपाधि भिडन्तमा बंगलादेशसँग पराजित भएपछि साम्बा भन्छिन् : यो हार बिर्सिन धेरै समय लाग्नेछ

    काठमाडौँ । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने बताएकी छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले यस्तो बताएकी हुन् ।

    साम्बाले साफको फाइनलमा फेरी एक पटक उपविजेतामा सिमित हुदा दुख लागेको बताउँदै यो हार बिर्सिन धेरै समय लाग्ने बताएकी हुन् ।

    उनले आम दर्शकले देखाएको साथ र सहयोगप्रति सधै ऋणी रहेको उल्लेख गर्दै अर्को पटक उपाधि दिलाउने विश्वास व्यक्त गरेकी छन् । साथै, उनले नेपालमा हुने महिला फुटबल गतिविधिलाई अझ सहयोग गरेर थप बलियो बनाउन आम दर्शकले सहयोग गर्ने विश्वास लिएको पनि बताएकी छन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशसँग नेपाल २–१ ले गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । योसँगै बङ्गलादेशले भने साफ च्याम्पियसिपमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो ।

    उनले भनेकी छन् :

    साफ महिला च्याम्पियनसिपमा पुन: एकपटक उपविजेतामा सिमित हुँदा निकै दुख लागेको छ । यो हार बिर्सन धेरै समय लाग्नेछ । यो हामी दोस्रो भएको भन्दापनि योग्य रहेको ट्रफी जित्न नसकेको भन्ने बुझेको छु । यहाँहरुको साथ र सहयोगका लागि सदा ऋणी रहनेछु । आशा छ, यो विश्वासलाई अर्कोपटक उपाधिका साथ न्याय दिन सक्नेछु । आज नै आफ्नो व्यावसायिक यात्राका लागि फ्रान्स प्रस्थान गर्दैछु । यहाँहरुले नेपालमा हुने महिला फुटबल गतिविधिलाई अझ सहयोग गरेर थप बलियो बनाउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend