logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • दुई करोड १४ लाख राजस्व संकलन

    दुई करोड १४ लाख राजस्व संकलन

    245
    Shares
    दुई करोड १४ लाख राजस्व संकलन

    सप्तरी । राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।

    सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा दुई करोड १४ लाख छ हजार एक सय २० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।

    सवारीसाधन करबाट एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार एक सय ८५ रुपैया राजस्व सङ्कलन भएको छ ।

    सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व सङ्कलन भएको थियो भने २०७९/८० मा सात करोड ५६ लाख २५ हजार चार सय ७५ रुपैयाँ सङ्कलन भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend