logo

२०८१ कार्तिक २० मंगलबार

logo
  • मंगलबार, २० कार्तिक २०८१
  • पोखरीमा कार डुब्दा २ जना बेपत्ता, खोजिका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन

    पोखरीमा कार डुब्दा २ जना बेपत्ता, खोजिका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन

    420
    Shares
    पोखरीमा कार डुब्दा २ जना बेपत्ता, खोजिका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन

    सर्लाही । आज बिहान सर्लाहीमा कार दुर्घटना हुँदा बेपत्ता भएका दुई जनाको खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।

    सर्लाहीको ईश्वरपुर नगरपालिका –२ मियाखोरस्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशाला तर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार पोखरीमा डुब्दा त्यसमा सबार तीन जना मध्ये महोत्तरीको गौशाला नपा–२ बस्ने अन्दाजी बर्ष ३१ का जनक यादब सकुशल निस्किएका थिए भने कार र अन्य दुई जना व्यक्ति बेपत्ता भएका थिए ।

    उक्त खबरपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर परिचालन गरिएको हो ।

    उद्दार र खोजी कार्यका लागि सुरक्षा बेश सागरनाथबाट र ईप्रका केशरगंजबाटसमेत सुरक्षा फौज खटिएको छ । गति अनियन्त्रित भएर कार दुर्घटना भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend