logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मिथिलासहित तराई/मधेसका जिल्लाहरुमा छठको रौनक

    मिथिलासहित तराई/मधेसका जिल्लाहरुमा छठको रौनक

    427
    Shares
    मिथिलासहित तराई/मधेसका जिल्लाहरुमा छठको रौनक

    मिथिला । मिथिलासहित तराई/मधेसका जिल्लाहरुमा छठको तयारी अन्तिम चरणमा पुगेको छ ।

    जनकपुरधामसहितका तराईका क्षेत्रमा छठ पर्वको रौनक शुरु भएको हो । जनकपुर धाममा छठका लागि फलफूल र मिठाइ किन्नेहरुको भीड देख्न सकिन्छ । साथै छठका लागि चाहिने आवश्यक सामग्री खरिद गर्नेहरुको भीड पनि त्यत्तिकै रहेको छ ।

    चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् ।

    त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend