logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • एनपिएलको फ्रेन्चाइज कर्णाली याक्सको गीत र फेस अफ कर्णाली सार्वजनिक

    एनपिएलको फ्रेन्चाइज कर्णाली याक्सको गीत र फेस अफ कर्णाली सार्वजनिक

    1.1K
    Shares
    एनपिएलको फ्रेन्चाइज कर्णाली याक्सको गीत र फेस अफ कर्णाली सार्वजनिक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज कर्णाली याक्सले आफ्नो टोलीको गीत र फेस अफ कर्णाली सार्वजनिक गरेको छ ।

    बुधबार एक कार्यक्रम आयोजना गर्दै कर्णाली याक्सले आफ्नो गीत सार्वजनिक गर्दै फेस अफ कर्णालीको रूपमा नायिका स्वस्तिमा खड्कालाई घोषणा गरेको हो ।

    नेपाल प्रिमियर लिगको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । उक्त एनपिएलको लागि कर्णाली याक्सले तयारीमा तिब्रता दिइरहेको छ । बुधबार नक्शालमा एक कार्यक्रम आयोजना गर्दै कर्णाली याक्सले कर्णाली क्षेत्रको पहिचान झल्कने किसिमको गीत पनि सार्वजनिक गरेको थियो ।

    हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीको प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सकै उपाध्यक्ष रहेका सुनिल खनालको शब्द, संगित र स्वरमा गित तयार पारिएको हो । कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, मुख्य प्रशिक्षक तथा टिम निर्देशक ज्ञानेन्द्र मल्ल उपस्थित थिए ।

    कर्णाली याक्सका मार्की खेलाडी नेपाली टोलीका फास्ट बलर सोमपाल कामी हुन् । यो टोलीले तीन विदेशी खेलाडी वेस्ट इन्डिजको ब्याटर चाडविक एन्टोनिओ वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ ।

    कर्णालीका सहमालिक गृहेन्द्र घिमिरेले थप खेलाडी चाडै सार्वजनिक गरिने जानकारी गराए । कार्यक्रममा नायिका स्वस्तिमाले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन, वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन् ।

    उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन् । खड्काले नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा खेलिरहेको र उनकै प्रभावले पनि खेलकुदमा लाग्न प्रेरित गरेको प्रसंग सुनाएकी थिइन् । उनले आफ्नो श्रीमान निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले पनि कर्णाली याक्ससँग जोडिन सहज जानकारी गराइन् ।

    प्रशिक्षक मल्लले कलाकार क्रिकेटमा जोडिनु सुखद् सन्देश रहेको र क्रिकेट विकासमा टेवा पुग्ने विश्वास गरे । उनले भारतमा पनि यस्तै प्रचलन रहेकाले यो राम्रो सुरुवात भएको बताएका छन् ।

    कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend