logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • भारतसँग पञ्चेश्वर आयोजना चाँडै अगाडि बढाउने सहमति भयो : ऊर्जामन्त्री खड्का

    भारतसँग पञ्चेश्वर आयोजना चाँडै अगाडि बढाउने सहमति भयो : ऊर्जामन्त्री खड्का

    462
    Shares
    भारतसँग पञ्चेश्वर आयोजना चाँडै अगाडि बढाउने सहमति भयो : ऊर्जामन्त्री खड्का

    काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढ्ने बताएका छन् । बुधबार तीन दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका ऊर्जामन्त्री खड्काले यस्तो बताएका हुन् ।

    उनले भारत सरकारसँग पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढाउने विषयमा सहमति भएको बताए । उनले नेपाल र भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको उल्लेख गरे । उनले भारतले पञ्चेश्वर लगायतका अन्य अरुण तेस्रो तथा तटबन्ध देखि सिंचाई र ऊर्जाको क्षेत्रमा आवश्यकताअनुसार अझ बढी सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।

    उनले भारतले नेपालको विषयमा धेरै चासो र चिन्ता लिएको पाएको बताए । मन्त्री खड्काले तीन दिने भारत भ्रम्रण उपलब्धीमुलुक भएको जानकारी दिए । उनले नेपाल सरकारले २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरुसँग छलफल समेत भएको बताए ।

    उनले भने, ‘भारत भ्रमणमा भारत सरकारसँग दुई पक्षिय हितका विषयमा छलफल भयो । नेपालका अड्किएका अधुरा आयोजनाहरुलाई अगाडि बढाउने विषयमा कुरा भयो । पञ्चेश्वर लगायतका अन्य अरुण तेस्रो तथा तटबन्ध देखि सिंचाई र ऊर्जाको क्षेत्रमा भारतले गर्दै आएको सहयोगलाई आवश्यकता अनुसार अझ बढी सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

    भारतले नेपालको विषयमा असाध्यै चासो र चिन्ता लिएको पाइयो । तीन दिने भारत भ्रम्रण उपलब्धीमुलुक भयो । नेपाल सरकारले २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने जुन लक्ष्य लिएका छौं । त्यो लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरुसँग छलफल भयो ।

    जलविद्युतमा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता छ । भारतका मल्टिपल कम्पनीहरु नेपालको जलविद्युतका काम गर्न उत्साहित देखिएका छन् ।’

    उनले जलविद्युतमा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको बताए । उनले काम गर्ने वातावरण भए नेपालमा भारतका मल्टिपल कम्पनीहरु नेपालको जलविद्युतका काम गर्न उत्साहित देखिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend