logo

२०८१ कार्तिक २२ बिहिबार

logo
  • बिहिबार, २२ कार्तिक २०८१
  • बौद्ध विद्वानहरूलाई बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण गर्न आग्रह

    बौद्ध विद्वानहरूलाई बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण गर्न आग्रह

    140
    Shares
    बौद्ध विद्वानहरूलाई बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण गर्न आग्रह

    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बौद्ध विद्वानहरूलाई भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण गर्न आग्रह गरेका छन् ।

    भारत सरकारको आयोजनामा नयाँदिल्लीमा भएको प्रथम एसियन बुद्धिस्ट समिट २०२४ लाई सम्बोधन गर्दै डा।लामाले बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्न आफूहरू सधैँ तयार रहेको बताएका हुन् ।

    डा। लामाले एसियन बुद्धिस्ट समिटजस्ता कार्यक्रमहरूले बुद्धका चार आर्य सत्य संसारभर फैलाउन र बौद्ध परम्परागतहरूको बारेमा छलफल गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

     

    उनले बौद्ध शिक्षाको माध्यमबाट एसियालाई विकसित बनाउन सकिने धारणा व्यक्त गर्दै बुद्ध मार्गले कला, साहित्य, बस्तुकला र ध्यानको माध्यमबाट सम्पूर्ण एसियालाई जोडेको बताए।

    एसियाली मुलुकहरूमा बुद्ध धर्म र बौद्ध शिक्षाको विभिन्न तरिकाले अनुसरण भइरहेको बताउँदै डा. लामाले एक चक्रवर्ती राजाले धम्म शिक्षाको माध्यमबाट संसारभर राज गरेको स्मरण गरेका थिए ।

    उनले बुद्ध धर्म र बौद्ध शिक्षालाई विशेष महत्त्व दिएर कार्यक्रमको आयोजना गरेको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गर्दै यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend