logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • चितवनको खैरहनीमा नयाँ तेल उद्योग सञ्चालन हुँदै, दैनिक ८ सय लिटर उत्पादन गर्ने

    चितवनको खैरहनीमा नयाँ तेल उद्योग सञ्चालन हुँदै, दैनिक ८ सय लिटर उत्पादन गर्ने

    756
    Shares
    चितवनको खैरहनीमा नयाँ तेल उद्योग सञ्चालन हुँदै, दैनिक ८ सय लिटर उत्पादन गर्ने

    काठमाडौं । निजी लगानीमा चितवनको खैरहनीमा तोरी तेल उत्पादन गर्न नयाँ उद्योग सञ्चालनमा आउने भएको छ । चितवन फूड इन्डष्ट्रिज लिमिटेडले तोरी पेलेर दैनिक ८ सय लिटर तेल उत्पादन गर्ने जनाएको छ ।

    उद्योग स्थापना गर्न अहिले प्रारम्भीक वातावरणीय परीक्षणको काम सुरु भएको उद्योगले जनाएको छ । वातावरणीय प्रभावका विषयमा उद्योगले प्रभावित स्थानीयवासिन्दासँग उद्योगले सुझाव मागेको छ ।

    वातावरणीय परीक्षणको काम सकिएपछि उद्योगकोे पूर्वाधार निर्माण काम सुरु हुने भएको छ । उद्योग चितवनको खैरहनी नगरपालिका ९ वडा सिमलटाँडीमा सञ्चालन हुने भएको छ । प्रस्तावित उद्योग ४ हजार ९ सय ८९ वर्ग मिटर क्षेत्रफलमा फैलिने छ ।

    उद्योगको परामर्श सेवाको काम बिग इन्डष्ट्रिजले गरेको छ । तोरी उत्पादनमा चितवन अग्रणी जिल्ला हो । चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ ।

    जिल्ला सहकारी संघद्धारा सञ्चालित तोरीको तेल बिक्री केन्द्रबाट वार्षिक ४० हजार लिटर तेल बिक्री हुँदै आएको छ । गएका वर्षहरुमा दाङसहित पश्चिमका जिल्ला र वीरगञ्जबाट तोरी आउने गरेको थियो । वार्षिक एक करोड ५० लाख हाराहारीको तोरीको तेल बिक्री हुने गरेको छ ।

    चितवन तोरीका लागि प्रख्यात छ । पछिल्ला वर्षमा यहाँ तोरीको क्षेत्रफलसँगै उत्पादन बढ्दै गएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend