काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य घटेको छ।
सोमबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको मूल्य आज मंगलबार प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।