logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • नेकपा सचिवालय बैठक सुरु, ओलीले काउन्टर प्रस्ताव पेस गर्दै

    नेकपा सचिवालय बैठक सुरु, ओलीले काउन्टर प्रस्ताव पेस गर्दै

    2.2K
    Shares

    मङ्सिर १३ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको  हो। 

    बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफी प्रस्ताव पेस गर्नेछन्। 

    अध्यक्ष प्रचण्डले दर्जन बढी आरोप लगाउँदै सचिवालयमा राजनीतिक प्रस्ताव पेस गरेपछि ओलीले जवाफी प्रस्ताव तयार पारेका हुन् । 

    मङ्सिर ३ गतेको सचिवालय बैठकमा प्रचण्डले आफ्नो राजनीतिक जीवननै समाप्त गर्ने गरि आरोप लगाएको  भन्दै जवाफी प्रस्तावको लागि ओलीले १० दिनको समय मागेका थिए। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend