logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • उद्योग संगठन मोरङलाई २ हजार ५ सय अमेरिकी डलरसहित ‘उत्कृष्ट स्थानीय चेम्बर अवार्ड’

    उद्योग संगठन मोरङलाई २ हजार ५ सय अमेरिकी डलरसहित ‘उत्कृष्ट स्थानीय चेम्बर अवार्ड’

    588
    Shares
    उद्योग संगठन मोरङलाई २ हजार ५ सय अमेरिकी डलरसहित ‘उत्कृष्ट स्थानीय चेम्बर अवार्ड’

    विराटनगर । पूर्वका व्यवसायीहरुको संस्था उद्योग संगठन मोरङले उत्कृष्ट स्थानीय चेम्बर अवार्ड प्राप्त गरेको छ । नोभेम्बर ११ र १२ मा सिंगापुरमा भएको ३८ औं एसिया प्यासिफिक इकोनोमिक फोरमा कन्फिडरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्श इन्डस्ट्रिज (सीएसीसीआई) ले उक्त अवार्ड प्रदान गरेको हो ।

    संगठनले गरेको प्रोयाक्टिभ क्रियाकलापका कारण अवार्ड जित्न सफल भएको हो । विश्वका विभिन्न २७ मुलुकका ८१ वटा स्थानीय औद्योगिक र व्यापारिक चेम्बरलाई पछि पार्दै संगठनले नेपालका लागि दोस्रो पटक अन्तर्रास्ट्रिय अवार्ड प्राप्त गरेको हो । यसअघि यो अवार्ड सन २००६ मा पोखरा उद्योग वाणिज्य संघले जितेको थियो ।

    सिएसीसीआईमा २७ देशका व्यावसायिक संगठनका राष्ट्रिय समिति सदस्य रहेको र नेपाल उद्योग वाणिज्य महासंघ यसको सदस्य रहेको संगठनका महाप्रबन्धक चूडामणि भट्टराईले बताए । यस प्रक्रियामा २७ देशका आवद्ध संगठनले ३—३ वटा स्थानीय चेम्बरलाई छनौट गरेर ८१ वटा चेम्बरलाई प्रतिष्पर्धामा उतारेको उनले जानकारी दिए ।

    ट्रफी र २ हजार ५ सय अमेरिकी डलर सहितको अवार्ड थाप्न संगठनका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा नोभेम्बर ८ मा जम्बो टोली सिंगापुर गएको थियो । सिएसीसीआईमा दक्षिण एसियाबाट नेपालि सहित बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाका चेम्बरका केन्द्रीय संगठन सदस्य छन् । त्यस्तै अस्ट्रेलिया, न्युजिल्यान्ड, पपुआन्युगिनी, टिमोर, लेसे, हङकङ, जापान, कोरिया, मंगोलीया, ताइवान, रसिया, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, भियतनाम, अजरबैजान, जर्जिया, इरान, ताजिकिस्तान, टर्की र उज्वेकिस्तानका चेम्बरका राष्ट्रिय संगठन पनि सदस्य रहेका छन् ।

    महाप्रबन्धक भट्टराईका अनुसार सिएसीसीआईले उपाधि छनौटका लागि चेम्बरहरुले गर्ने स्थानीय औद्योगिक गतिविधि, नीति निर्माणका क्षेत्रमा गरेको बहस, पैरवी र स्थानीय आर्थिक विकासका लागि गरेको क्रियाकलापलाई आधार मानेको थियो । संगठनले तीन वर्षको अवधिमा उद्योग, व्यापार र सामाजिक क्षेत्रमा गरेका प्रोयाक्टिभ आन्तरिक गतिविधिका कारण नै अवार्ड प्राप्त गरेको उनले बताए ।

    संगठनले व्यावसायिक रुपमा आर्थिक एवं औद्योगिक क्षेत्रको प्रवद्र्धन र विकासका लागि नीतिगत बहस पैरवी, सदस्य उद्योग सेवा तथा क्षमता अभिबृद्धि, नेटवर्किङ, सम्बन्ध विस्तार तथा व्यावसायिक सामाजिक जिम्मेवारीका गतिविधिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

    उद्योग संगठन मोरङलाई नेपाल उद्योग वाणिज्य महासंघले गत चैतमा निजी क्षेत्रमध्ये उत्कृष्ट संगठनका रुपमा सम्मान गरेको थियो । संगठनसँग भोलि के के गर्ने भन्ने स्पष्ट भिजन भएकै कारण प्रोयाक्टिभ काम भईरहेको र यसैका कारण पनि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको भट्टराईले बताए । उद्योग संगठन मोरङ २०२४ सालमा स्थापना भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend